नियम
स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली, २०५६ को नियम २ मा संशोधन

स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली (यसपछि “मूल नियमावली” भनिएको) को नियम २ को,–
(१) खण्ड (घ) मा रहेको “वा नगरी” भन्ने शब्दहरू झिकिएको छ ।
(२) खण्ड (ङ), (च) र (छ) को सट्टा देहायका खण्ड (ङ), (च) र (छ) राखिएका छन् ः–
“(ङ) “बोलपत्र (टेण्डर)” भन्नाले स्थानीय निकायले कुनै मालसामान खरीद गर्दा, सार्वजनिक निर्माण कार्य वा सो को मर्मत गर्दा वा कुनै सेवा लिदा वा स्थानीय निकायको आन्तरिक आय उठाउ“दा त्यस्तो निकायको सूचना अनुसार इच्छुक व्यक्ति फर्म, कम्पनी वा संस्थाले सो निकायले तोकेको ढा“चामा खामबन्दी गरी लाह छाप लगाई पेश गरेको प्रस्ताव सम्झनु पर्दछ र सो शब्दले प्रति एकाइ मूल्य सहितको विवरण र सो सम्बन्धी अन्य कागजात समेतलाई जनाउ“छ ।

(च) “बोलपत्र सम्बन्धी कागजात (टेण्डर डकुमेन्ट)” भन्नाले बोलपत्र आवहृवान सम्बन्धी सूचना तथा बोलपत्रदातालाई दिईएको निर्देशन कुनै
ठेक्कास“ग सम्बन्धित सामान्य वा विशेष शर्त, स्पेशिफिकेशन, डिजाइन, परिमाण सूची, कार्यक्ष्ँेत्रगत शर्तहरू (टम्र्स अफ रेफरेन्स), मूल्यांकनप्रक्रिया, कार्य तालिका समेत समावेश भएको बोलपत्र फाराम वा परामर्श सेवाको प्रस्ताव आह्वान पत्र सम्बन्धी कागजात सम्झनु पर्दछ र सो शब्दले नक्सा र विल अफ क्वान्टिटिज वा प्रँविधिक तथा आर्थिक प्रस्ताव माग गर्ने कागजात समेतलाई जनाउ“छ ।

(छ) “ठेक्का” भन्नाले स्थानीय निकायले यस नियमावलीको प्रकृया पूरा गरी घटाघट वा बढाबढ गरी वा नगरी वा बोलपत्र वा दरभाउपत्र वा अन्य
कुनै माध्यमबाट कुनै सार्वजनिक निर्माण वा मर्मत कार्य गर्न वा मालसामान आपूर्ति गर्न वा सेवा उपलब्ध गराउन वा आन्तरिक आय
संकलन गर्न सम्झौता गरेको कार्य सम्झनु पर्दछ ।”

(३) खण्ड (ज) मा रहेका “वा सेवा उपलब्ध गराउन” भन्ने शब्दहरू पछि “वा यस नियमावली वा प्रचलित नेपाल कानून बमोजिम स्थानीय निकायको आन्तरिक आय उठाउन” भन्ने शब्दहरू थपिएका छन् ।

(४) खण्ड (ठ) मा रहेका “सो शब्दले” भन्ने शब्दहरू पछि “विषयगत शाखा प्रमुख वा विषयगत शाखा स्थापना नहुन्जेलसम्म निक्ष्ँेपित कार्य कार्यान्वयनमा संलग्न रहने कार्यालयको प्रमुख कर्मचारी तथा” भन्ने शब्दहरू थपिएका छन् ।

(५) खण्ड (ढ) पछि देहायका खण्ड (ण), (त), (थ) र (द) थपिएका छन् ः–
“(ण) “विशेष परिस्थिति” भन्नाले सुख्खा, अनिकाल, खाद्य संकट, अनावृष्टि, अतिवृष्टि, भुकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक एवं दैवी
प्रकोप तथा आकस्मिक वा अप्रत्याशित रूपमा विशेष कारणबाट सृजना भएको परिस्थिति सम्झनु पर्छ ।

(त) “बढाबढ” भन्नाले यस नियमावली बमोजिम स्थानीय निकायको आन्तरिक आय उठाउन ठेक्का बन्दोबस्त गर्नका लागि ठेक्का लिन
चाहने व्यक्तिहरूबाट डा“क बोलाई गरिएको बढाबढ सम्झनुपर्छ ।

(थ) “डा“क” भन्नाले बढाबढ हु“दा ठेक्का लिन चाहने व्यक्तिले सो ठेक्का सम्बन्धमा कबुल गरेको नगद वा जिन्सीका अङ्क सम्झनु पर्छ ।
(द) “विशेष कोष” भन्नाले स्थानीय निकायको कोषबाट स्वीकृत बजेट बमोजिम खर्च लेखी खास प्रयोजनको लागि रकम जम्मा गरिएको कोष
सम्झनुपर्छ ।”